अन्तर्घात गरेको आरोपमा पाेखरा एमालेका ३ जना कार्यकर्ता निलम्बित

पाेखरा । स्थानीय चुनावमा अन्तर्घात गरेकाे आरोप लागेका ३ जनालाई नेकपा (एमाले) कास्कीले कारबाही गरेकाे छ ।

स्थानीय निर्वाचनमा पाेखरा महानगरपालिका एमालेभित्र अन्तर्घात भएकाे ठहर्ने अडिओ सार्वजनिक भएकाे घटनालाई लिएर एमालेले ३ जनालाई निलम्बन गरेकाे हाे ।

एमाले कास्कीले बुधवार एक विज्ञप्ति जारी गर्दै स्थानीय चुनावमा पाेखरा महानगरपालिकासँग जाेडिएका अनेकाैँ विषयकाे मसिनाे अध्ययन गरेकाे उल्लेख गर्दै पार्टी विधानकाे धारा ८० बमाेजिम उनीहरूलाई कारबाही गरिएकाे बताएकाे छ ।

कारबाहीमा पर्नेहरूमा पाेखरा २१ अन्तर्गत पार्टी संगठित सदस्य रहेका मनाेज पहारी, पाेखरा ३३ का वडा कमिटी उपध्याक्ष, पाेखरा ३३ अन्तर्गत पार्टी संगठित सदस्य रहेका प्रशान्त आचार्य रहेका छन् ।

उनीहरू तीनै जनालाई निलम्बन गरिएकाे विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *