चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिकः अभिनेता खड्का फरक भूमिकामा

काठमाडौँ । नेपाली चलचित्र ‘कबड्डी ४’ ले राम्रो कमाइ गरिरहँदा अर्को बहुप्रतीक्षित नेपाली चलचित्र ‘प्रकाश’को टिजर सार्वजनिक भएको छ।

निर्देशक दिनेश राउतको निर्देशनमा बनेको फिल्मको टिजर मंगलबार सार्वजनिक भएको हो। हालसम्म चकलेटी हिरो र लबर ब्वाइको भूमिकामा पर्दामा देखिँदै आएका अभिनेता प्रदीप खड्का ‘प्रकाश’मा भने फरक भूमिकामा देखिने भएका हुन्। टिजरमा सुदूरपश्चिमको एउटा आम शिक्षकले गर्ने संघर्षको कथाको छोटो अंश देख्न सकिन्छ। सुदूरपश्चिमेली भाषा, परिवेशको पाटोमा पनि फिल्मले काम गरेको टिजरले झल्को दिएको पाइन्छ।

चलचित्रमा अभिनेता प्रदीप खड्काले सुदूरपश्चिम क्षेत्रका एक शिक्षकको भूमिका निर्वाह गरेको टिजरले बताएको छ। प्रदीपसँगै चलचित्रमा दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, हुम बिसीलगायतका कलाकारको अभिनय रहेको छ। विकास सुवेदीको लेखनमा रहेको सो फिल्मका निर्माता महेन्द्र अधिकारी हुन्।

चलचित्र भदौ १० गतेदेखि प्रदर्शनमा आउने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *