वीरगञ्जमा कृषि औजार कारखाना खुल्छ भने घर बेचेर पनि सरकारलाई सहयोग गर्छु -सांसद श्रीवास्तव

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद विमलप्रसाद श्रीवास्तवले वीरगञ्जमा चिनी मिल र कृषि औजार कारखाना खुल्छ भने आफ्नो घर बेचेर भएपनि सरकारलाई सहयोग गर्ने जानकारी दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको आगामी आव २०७९-०८० को बजेटअन्तर्गत राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै उनले ती उद्योग सञ्चालनका लागि आवश्यक सहयोग उपलब्ध गराउने जानकारी गराएका हुन् । “यस वर्ष वीरगञ्जमा कृषि औजार कारखाना र चिनी मिल सञ्चालन हुन्छ भने मेरो नामको एउटा घर छ, त्यो घर या त सरकारको नाममा पास गर्छु, नभए घर बेचेरै भए पनि एक वा डेढ करोड जति हुन्छ, बेचेर व्यक्तिगत रूपमा सहयोग गर्न तयार छु” उनले वीरगञ्जका लागि ल्याइएको बजेटमाथिको सम्बोधनका क्रममा भने।

उनले वीरगञ्जमा चिनी मिल खुलेमा बारा, पर्सा, रौतहटलगायत जिल्लाका हजारौं मानिसलाई रोजगारी प्राप्त हुने र कृषि औजार कारखानाबाट मुलुकभरका किसानलाई कृषि औजार उपलब्ध हुने भएकाले छिटो सञ्चालन गर्न पनि माग गरेका छन् । उनले बजेटमा कतिपय राम्रा कुरा रहे पनि कार्यान्वयन चुनौतीपूर्ण रहेको टिप्पणी गरेका छन् ।

सरकारले १० कुरामा आयात नगर्ने भन्ने निर्णय गरेको तर आत्मनिर्भर भएको बिस्कुट र साबुनजस्ता वस्तुमा आयात रोक्ने कुरामा भने ध्यान नदिएको बताउँदै उनले आत्मनिर्भर रहेका वस्तुको आयात रोक्नसमेत आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *