प्रचण्डकाे चेतावनी- ‘कांग्रेसमा धेरै अहङ्कार नआओस्, एमालेलाई झैँ ठाेक्न नपराेस्’ (भिडिओसहित)

काठमाडाैँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्तासित दल नेपाली कांग्रेसमा अहङ्कार पलाउँदै गएकाे बताएका छन् । बुधबार शुरू भएकाे पार्टीबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरूलाई २ दिने अभिमुखिकरण कार्यक्रममा प्रशिक्षण दिँदै उनले यस्ताे बताएका हुन् । ‘म कांग्रेसलाई भन्न चाहन्छु,’ उनले भने, ‘धेरै अहङ्कार नपलाओस्, एमालेलाई झैँ ठाेक्न नपराेस् ।’

उनले एमालेले पनि माओवादी केन्द्रलाई हेपेपछि एकता टुटेकाे बताए । ‘त्यत्तिबेलाकाे एमालेमा झैँ अहिले कांग्रेसमा पनि अहङ्का र दम्भ पलाउन शुरू गरेकाे छ । यदि यसै हुने हाे भने यहीँ पनि हामी विद्राेह गर्न सक्छाैँ । हामी त क्रान्तिकारी परियाे, जहाँ जसलाई हुन्छ ठाेकिन्छ,’ प्रचण्डकाे चेतावनी छ ।

माओवादी केन्द्रले गठबन्धन बचाएरै लाने भनेपनि कांग्रेसका नेताहरूमा दम्भ पलाउँदै आएकाे उल्लेख गर्दै प्रचण्डले भनेका छन्, ‘ठाेक्न नपराेस् । कसरी ठिक पार्ने हामीलाई पनि थाहा छ । हामी एमालेलाई झैँ ठाेक्न सक्छाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *