माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूकाे अभिमुखिकरण शुरू

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र)बाट स्थानीय तह सदस्य निर्वाचन २०७९मा निर्वाचित जनप्रतिनिधिहरूकाे अभिमुखिकरण शुरू भएकाे छ । काठमाडौँको कमल पाेखरीस्थित पुरानाे कुमारी हलमा आयोजित कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, स्थानीय विभाग प्रमुख उर्मिला अर्याललगायतले प्रशिक्षण दिनेछन् ।

कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानूननिर्माणलगायत विषयमा प्रशिक्षण गराइने माओवादी केन्द्रले जनाएकाे छ । बुधबार र बिहीबार दुई दिनसम्म चल्ने प्रशिक्षणमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख, केही स्वन्तत्ररूपमा निर्वाचित उम्मेदवार गरी २६० जनप्रतिनिधि र पार्टीका शीर्ष नेता एवम् पूर्वस्थायी समिति सदस्य सहभागी रहने माओवादी केन्द्रले जनाएको छ ।

उद्घाटन सत्रमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले प्रशिक्षित गर्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *