फेवा किनार अर्थात् सुस्ताउने थलो (तस्बिरहरू)

पोखरा । पोखराको मुटु फेवाताल, जसलाई हेरेर जो कोही पनि मोहित हुन्छन् । फेवाताल, जसको दृश्यपान गरेर कसैको धित मर्दैन ।

लमतन्न परेको फेवातालमा छचल्किएको पानीले समुन्द्रको झल्को दिन्छ । यहाँबाट देखिने प्राकृतिक छटाहरू संसारमा प्रायः कमै मात्र देख्न सकिन्छ । फेवाताल, जहाँ माछापुच्छ्रे हिमालको छाया देख्न सकिन्छ ।

डुङ्गा सयर र तालवाराही देवीको दर्शन त छँदैछ, फेवा किनार साँझपख पर्यटक र स्थानीयको सुस्ताउने थलो पनि बनेको छ । कोरोना कहरपछि लयमा फर्किँदै गरेको पोखरामा आन्तरिक र बाह्य पर्यटकको चाप बढेको छ । होटलहरु भरिभराउ छन् ।

दिनभर पोखरा र आसपासका क्षेत्र डुलेकाहरू साँझपख फेवा किनारमा थरक मार्न आउने गरेको हुन् । यहाँ पर्यटक मात्र नभएर स्थानीयसँगै दिउँसो काममा व्यस्त हुने कर्मचारीदेखि दैनिक गुजाराका लागि काम गर्ने श्रमिकहरू पनि आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *