तारा एअर दुर्घटना

नेपाली सेनाले यसरी खोजेको थियो शव (तस्बिरहरू)

काठमाडौँ । आइतबार पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज मुस्ताङको थासाङ गाउँपालिका २ मा दुर्घटना भयो । सोमबारमात्रै जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटियो ।

जहाजमा चालक दलका तीन सदस्यसहित २२ सवार थिए । दुर्घटनास्थल फेला पर्नेबित्तिकै नेपाली सेनाको टोली खोजी तथा उद्धारका लागि मुस्ताङ गयो । दुई दिन लगाएर सेनाले २२ वटै शव फेला पार्‍यो । अफ्ठेरो भूगोलमा सेनालाई सबै शव फेला पार्न सहज थिएन ।

दुर्घटना पहाडको खोँचमा भएकाले सेनालाई दुर्घटनामा ज्यान गुमाएकाहरूको शव निकाल्न निकै कठिन भयो । सेनाको टोलीलाई उद्धार तथा शव सङ्कलनमा नेपाल प्रहरीले पनि साथ दिएको थियो ।

तस्बिर : नेपाली सेना

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =