गोरखामा चितुवाको आक्रमणले प्रहरीसहित ३ घाइते

पोखरा । गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट प्रहरीसहित ३ जना घाइते भएका छन् । पालुङटारको रानीटार क्षेत्रमा मकैवारिमा काम गरिरहेको अवस्थामा उनीहरूलाई चितुवाले आक्रमण गरेको बताइएको छ ।

आक्रमणबाट केशर बहादुर नेपाली, अभिषेक भण्डारी र चितुवा खोज्ने क्रममा हवलदार सुनिल रायमाझी घाइते भएका हुन् । रायमाझीलाई चितुवा खोज्ने क्रममा पछाडिबाट आक्रमण गरेको गोरखाका डिएसपी लिलाराज लामिछानेले जानकारी दिए ।

उनीहरूको ढाड, खुट्टा, पाखुरा लगायत शरीरका विभिन्न ठाउँमा चिथोरिएको छ । सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =