तास खेलिरहेका ८ जना पोखराको दोहोरी साँझबाट पक्राउ

पोखरा । पोखरामा तास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पोखरा ४ चिप्लेढुंगामा रहेको सान्नानी दोहोरी साँझबाट तास खेलिरहेका उनीहरूलाई नगद सहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा स्याङ्जा वालिङ ३ का दीपक गुरुङ, पोखरा १ बगर बस्ने अमृत गुरुङ, पोखरा २६ बुढीबजार बस्ने मुक्तिमान गुरुङ, चिप्लेढुंगाका जय परियार छन् । यस्तै, पोखरा ८ बस्ने गगन सिंह गुरुङ, पोखरा १५ राम जार बस्ने निम प्रसाद गुरुङ, सिद्धार्थचोक बस्ने चित्र बहादुर गुरुङ र पोखरा १६ बाटुलेचौरका दिलीप गायक पनि समातिएका कास्की प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट ८४ हजार ६ सय ५० नगद बरामद भएको छ । उनीहरू सबैलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जिल्ला प्रशासन कार्यालय कास्कीबाट १० दिन म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + 18 =