बारपाक सुलिकोटको निर्णय : आइतबार सार्वजनिक बिदा नदिने

काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले आइतबार सार्वजनिक बिदा नदिने भएको छ । नेपाल सरकारले जेठ १ गतेबाट शनिबार र आइतबार बिदा लागू गरेपनि बारपाक सुलिकोटले शनिबार मात्रै बिदा दिने भएको हो ।

आइतबार बसेको कार्यपालिका बैठकले शनिबार मात्रै दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष विष्णु भट्टले जानकारी दिए । ‘विकट भूगोल छ, कोरोनापछि बल्लबल्ल विद्यालय पनि नियमित भएका छन्, दुई दिनको बिदा औचित्य नभएको जस्तो देखियो,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 3 =