कार्यपालिका बैठकमा बालेनले भने- रेष्टुरेन्टकाे शाैचालय प्रयाेग गर्न अब काेक नै अर्डर गर्नुपर्दैन

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले अब रेष्टुरेन्टकाे शाैचालय सित्तैमा प्रयाेग गर्न सकिने बताएका छन् । साेमबार अपराह्न बसेकाे पहिलाे कार्यपालिका बैठकमा मेयर शाहले यस्ताे बताएका हुन् । अहिले तत्कालका लागि सार्वजनिक शाैचालयकै रूपमा हाेटल-रेष्टुरेन्टकाे शाैचालय प्रयाेग गर्न सकिनेगरी महानगरले व्यवस्था मिलाउने उनले बताएका छन् । ‘हामीले सार्वजनिक शाैचालय पनि बनाउँछाैँ । तर अहिले तत्कालका लागि भने नजिककाे रेष्टुरेन्टकाे शाैचालय प्रयाेग गर्न सकिन्छ । त्यसमा हामीले केही बत्तीजस्ताे साइन राख्छाैँ र त्याेअनुसार सर्वसाधारणले प्रयाेग गर्न सक्छन् । अब रेष्टुरेन्टकाे शाैचालय प्रयाेग गर्न काेक नै अर्डर गरिराख्नुपर्दैन ।’

उनले केही समयपछि सार्वजनिक शाैचालय बनाइने बताए । उनले याे प्रक्रियाले रेष्टुरेन्ट व्यावसायीलाई पनि फाइदा हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =