तारा एअर दुर्घटनास्थलबाट २१ शव फेला पर्‍याे, १० वटा काठमाडाैँ लगिँदै

पाेखरा । तारा एअरकाे दुर्घटनास्थल मुस्ताङकाे थासाङ गाउँपालिका-२ बाट अहिलेसम्म  २१ वटा शव भेटिएकाे छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले २१ जनाको शव फेला परेको बताए । सो जहाजमा तीन जना चालक दलसहित २२ जना सवार थिए ।

नेपाली सेनाको हेलिकोप्टरले १० वटा शव काठमाडौँ लग्ने तयारी गरेकाे छ । ११ शव अझै पनि घटनास्थलमा रहेका छन् ।

खराब मौसमका कारण हेलिकोप्टर झर्न नसकेकाले संकलन गरिएका शव काठमाडौँ लान नसकेको नेपाली सेनाले जनाएको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + eighteen =