पार्टीको सल्लाह बिना कांग्रेस पोखराका सचिव थापाको विज्ञप्तिवाजी, पार्टी भन्छ, थाहा छैन

पोखरा । नेपाली कांग्रेस पोखरा नगर समितिका सचिव गणेशवहादुर थापाले सोमबार एक विज्ञप्ति निकाले । २०७९ को स्थानीय निर्वाचनमा नगरबासीले कांग्रेसलाई विश्वास गरेको भन्दै उनले आभार सहितको विज्ञप्ति निकालेका हुन् ।

‘कार्यपालिकामा प्रष्ट बहुमत दिएर पोखरेली जनताले पोखरालाई विकासको नयाँ उचाइमा लैजाने जिम्मेवारी नेपाली कांग्रेसलाई सुम्पिनु भएको छ । यो महान् जिम्मेवारी दिने पोखरेली जनता प्रति आभारी छौं’, उनले विज्ञप्ति मार्फत भनेका छन्, ‘प्रमुख रूपमा नेपाली कांग्रेस र अरु सहयात्री दलहरूले प्रस्ताव गरेका पोखराको मेयरका उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्यलाई निर्वाचित गराउनु पनि कांग्रेसप्रतिकै भरोसाको सन्देशका रूपमा बुझेको छौं ।’

कार्यपालिकामा बहुमत दिएर पोखराको नेतृत्व कांग्रेसले पाएको भन्दै उनले प्राप्त जिम्मेवारीलाई पूर्णरूपमा निर्वाह गर्ने बताए ।

तर उनको विज्ञप्ति पार्टीको सल्लाहविना निकालिएको भन्दै विरोध भएको छ । अर्का सचिव टुवराज बास्तोलाले थापाको विज्ञप्तिबारे आफूलाई थाहा नभएको र पार्टीमा पनि सल्लाह नभएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =