‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सगरमाथा आधारशिविरमा सम्पन्न

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आधारशिविरमा ‘जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन’ सम्पन्न भएको छ।

विश्व कीर्तिमानी समाजको आयोजनामा अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा मे २९ तारिक अर्थात् आज आइतबार सगरमाथा आधार शिविरमा उक्त सम्मेलन सम्पन्न भएको हो। वर्तमान परिस्थितिमा जलवायु परिर्वतन र त्यसको असर न्यूनीकरणका सवालमा विश्वको ध्यानाकर्षण गराउने उद्देश्यले अमेरिकी वातावरण वैज्ञानिकको सहभागितामा उक्त सम्मेलन सम्पन्न गरिएको विश्व कीर्तिमानी समाजका अध्यक्ष सञ्च राईले जानकारी दिए।

उक्त सम्मेलनमा युनिभर्सिटी कोलोराडो अमेरिकाका वातावरण वैज्ञानिक जोन्ना लेम्बर्ट र कोलोराडो स्टेट युनिभर्सिटीका वैज्ञानिक जोयल बर्गरको सहभागिता रहेको थियो। सम्मेलनमा सहभागीहरूद्वारा विश्वमा जलवायु परिर्वतनको वर्तमान अवस्था, प्रभाव र न्यूनीकरण विषयमा प्रतिवेदन पेश गरिएको छ।

वातावरण वैज्ञानिकको सहभागितामा सगरमाथा आधार शिविरमा जलवायु परिवर्तनको सवालमा विश्वको ध्यानाकर्षण गराउन सम्मेलन भएको संयोजक पूर्ण राईले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *