सवारी लाइसेन्सका लागि लिइएका सबै अनलाइन आवेदन रद्द

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्रका लागि लिइएका सबै अनलाइन आवेदन रद्द गरेको जानकारी दिएकाे छ ।

विभागले एक सूचना जारी गर्दै नयाँ अनलाइन प्रणाली सुरु गर्न तथा वर्ग थप्नका लागि लागि हालसम्म लिएका सबै अनलाइन आवेदनहरू रद्द गरेको जनाएकाे हाे ।

विभागका अनुसार अब लाइसेन्स लिन चाहनेहरूले applydl.dotm.gov.np लगइन गरी नयाँ आवेदन भर्नुपर्ने छ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन खुला हुनेछ भने वर्ग थपका लागि अर्को साताको सोमबारबाट आवेदन खुलाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − six =