दाङमा ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु
२०७९ जेठ १६ गते

काठमाडौँ । दाङको देउखुरीमा मिनी ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ।
राप्ती गाउँपालिका–४ श्रीनारायण चोकमा पूर्वबाट पश्चिमतर्फ आइरहेको लुअअजे ७००३ नं को मिनी ट्रकको ठक्करबाट सोही वडा खिनैटा निवासी करिब ५२ वर्षीय बल्लु गिरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक सुजनविक्रम शाहले जानकारी दिएका छन्।
शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको र ठक्कर दिने ट्रकसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
२०७९ जेठ १६ गते
प्रतिक्रिया
सम्बन्धित








