दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज
२०७९ जेठ १६ गते

काठमाडाैँ । आइतबार बिहानदेखि हराइरहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालकाअनुसार मुस्ताङको थासाङ गाउँपालिका २ सानोस्वारेमा जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हाे ।
यार्सागुम्बा टिप्न गएकाहरूले विमानको तस्बिर पठाएको र नेपाली सेनाको हेलिकप्टर सो स्थानमा जाने तयारीको भएको प्रवक्ता सिलवालले बताए । यसबारेमा थप विवरण आउन बाँकी छ ।
आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको टुइनअटर खोज्न सोमबार बिहानदेखि नेपाली सेना र प्रहरीको टोली प्ररिचालित भएका थिए । पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको ट्विनअटर विमान आइतबार बिहान १० बजेर ७ मिनेटमा सम्पर्कविहीन भएको थियो । विमानमा १९ यात्रु र चालक दलसहित २२ जना सवार थिए ।

२०७९ जेठ १६ गते
प्रतिक्रिया
One thought on “दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज”
Leave a Reply Cancel reply
सम्बन्धित










अत्यन्त दु:खद