सेनाले भन्यो- तारा एयरको जहाज दुर्घटना क्षेत्र पत्ता लाग्यो, घटनास्थलतर्फ जाँदैछौँ

काठमाडौँ । आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटना क्षेत्र पत्ता लागेको छ । नेपाली सेनाका अनुसार सोमबार बिहान विमान दुर्घटना भएको क्षेत्र पत्ता लागेको हो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले विमान दुर्घटना क्षेत्र पत्ता लागेको र विस्तृत विवरण केही बेरमा दिने बताएका छन् । नेपाली सेनाले खोजी कार्यको लागि हेलिकोप्टर मार्फत र स्थलमार्ग हुँदै टोली विभिन्न क्षेत्रमा परिचालन गरिएको थियो ।

मुस्ताङको मानापाथी हिमाल फेदमा रहेको आशंकामा नेपाली सेना, नेपाल प्रहरी र यति एयरको उद्धार टोली त्यसतर्फ परिचालन गरिएको थियो । जहाजको खोजी कार्यका लागि नेपाली सेनाको ८२ जनाको टोली खटिएको छ । त्यस्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र तारा एयरको उद्धार टोली समेत सम्भावित क्षेत्रमा खटिएको छ ।

आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज १० बजेर ७ मिनेटदेखि सम्पर्कविहीन बनेको थियो । चालक दलका तीन सदस्यसहित २२ जना यात्रुहरूको अवस्था अज्ञात रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 2 =