२० युनिटसम्म विद्युत नि:शुल्क
२०७९ जेठ १५ गते

काठमाडाैँ । सरकारले २० युनिटसम्म विद्युत् खपत गर्नेलाई निःशुल्क विद्युत् उपलब्ध गराउने घोषणा गरेको छ । आइतबार सरकारका अर्थमन्त्री जनार्दन शर्माले संसद्मा आव २०७९/८० काे बजेट पेश गर्दै यस्ताे घाेषणा गरेका हुन् । प्रेषित बजेटमा भनिएकाे छ, ‘२० युनिटसम्म विद्युत खपत गर्नेकाे सन्दर्भमा नि:शुल्क गरिएकाे छ ।’
२०७९ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








