पाठ्यपुस्तक उपलब्ध नभएपछि शिक्षामन्त्रीले गरे जनक शिक्षा सामग्री केन्द्रको अनुगमन

काठमाडौँ । समयमा नै पाठ्यपुस्तक उपलब्ध नभएको गुनासो आएपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले जनक शिक्षा सामग्री केन्द्रमा आकस्मिक अनुगमन गरेका छन् ।

पौडेलले आइतबार सानोठिमीस्थित जनक शिक्षामा अनुगमन गरि पुस्तक छपाइबारे बुझेका हुन् । जनक शिक्षाले यसअघि समयमा नै पाठ्यपुस्तक पुर्याउने भने तापनि सोचे जस्तो काम नगरेपछि पौडेलले अनुगमन गरेका हुन् ।

अनुगमनपछि पाठ्यपुस्तक छाप्न २ हप्ता ढिलो भएको निष्कर्ष निकालिएको मन्त्री पौडेलले जानकारी दिए । जनक शिक्षाले अबको १० दिनभित्र आवश्यक २० लाख पुस्तक छाप्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *