दुर्घटना पुष्टि नहुँदै प्रचण्ड पुत्री गंगा र धरानका मेयरलगायतले दिए श्रद्धाञ्जली

काठमाडौँ । कास्कीको पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन छ । बिहान ९ बजेर ५५ मिनेटमा उडेको उक्त जहाज दुर्घटनामा परेको अहिलेसम्म आधिकारी पुष्टि भइसकेको छैन ।
तर सामाजिक सञ्जालमा तथ्य नबुझेरै श्रद्धाञ्जली दिन थालिएको पाइएको छ । सबैको वालहरूको जहाजबारेमा पोस्ट देख्न सकिन्छ, कसैले यात्रुहरू सबै सकुशल रहून् भनेर कामना गरेका छन् भने केहीले जहाजको दुर्घटनाको फोटो ९फाइल० राखेर नै श्रद्धाञ्जली दिएको देखिन्छ ।
यहीबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले पनि जहाज दुर्घटना भएको उल्लेख गर्दै श्रद्धाञ्जली दिएकी छन् । ‘विमान लेतेमाथिको पहाडमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी मृत्यु हुनुभएका सम्पूर्णलगायत चालक दलका सदस्यहरूमा हार्दिक श्रद्धाञ्जली अनि परिवारजनमा हार्दिक समवेदना ।’ उनले भनेकी छन् ।
यद्यपि, उनले यो स्टाटस केही समयपछि फेसबुकबाट हटाएकी छन् ।
सुनसरीको धरान उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख हर्क साम्पाङले पनि हतारोमा श्रद्धाञ्जली दिएका छन् । उनले लेखेको छन्, हवाइजहाज दुर्घटनामा परी ज्यान गुमाउनुहुनेहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै थोत्रे हवाइजहाजहरू बिसर्जन गर्न गराउन नेपाल सरकारलाई अनुरोध गर्दछु ।’केही सञ्चार माध्यमले पनि ‘जहाज दुर्घटना’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेका छन् । तर दुर्घटनाको पुष्टि यो समाचार तयार पर्दासम्म भएको छैन । 
केही सञ्चार माध्यमले पनि ‘जहाज दुर्घटना’ भन्ने शीर्षकमा समाचार प्रकाशित गरेका छन् । तर दुर्घटनाको पुष्टि यो समाचार तयार पर्दासम्म भएको छैन ।









