जहाज खोज्न मौसम बाधक, फर्कियो हेलिकोप्टर

पोखरा । बेपत्ता विमान खोज्नका लागि जोमसोमबाट उडेको हेलिकोप्टर फिर्ता भएको छ । मौसमको खरावीका कारण हेलिकोप्टर उड्ने अवस्था नरहेको त्यहाँका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले बताए ।

उनका अनुसार फिस्टेल एयरको हेलिकोप्टर त्यसै फर्किएको छ । स्थानीयको सूचनाका आधारमा लेते र टीटी क्षेत्रमा खोजीलाई केन्द्रित गरिएपनि त्यहाँ पुग्न समस्या भैरहेको उनले बताए ।

मुस्ताङमा यतिबेला बाक्लो बादल लागेको छ । पोखराबाट जान लागेको सेनाको रेस्क्यु टोली पनि जान सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *