राप्रपा अध्यक्ष लिङ्देनले निवासमै पुगेर दिए मेयर साम्पाङलाई बधाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले धरानका नवनिर्वाचित मेयर हर्क साम्पाङलाई बधाई दिएका छन् । स्वतन्त्रबाट मेयरमा निर्वाचित भएका साम्पाङलाई अध्यक्ष लिङ्देनले शनिबार निवासमै पुगेर बधाई दिएका हुन् ।

राप्रपा धरानले विजयपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्न पुगेका अध्यक्ष लिङ्दनेनले साम्पाङलाई भेट गरी बधाई दिएको राप्रपा केन्द्रीय प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । साम्पाङले स्वतन्त्र हैसियतमा उत्साहजनक मत ल्याउँदै धरानको मेयरमा विजयी भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + three =