चुनाव हारेपछि एमालेका २१ नेता/कार्यकर्ताले छाडे पार्टी

काठमाडाैँ । स्थानीय तहको निर्वाचनमा पराजय भएपछि सर्लाहीको हरिवन नगरपालिका १ र २ का २१ जना एमाले नेता कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

एमालेको तर्फबाट हरिवन १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र वडा नम्बर २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी छाडेका हुन् । क्याप्छाकी र महतो निवर्तमान वडाध्यक्षसमेत हुन् ।

यसपटकको निर्वाचनमा उनीहरू दुवै आआफ्नो वडामा पराजित भएका थिए। दुवै वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

चुनावमा अन्तर्घात हुँदा आफूहरू पराजित बन्नुपरेको आरोप लगाउँदै उनीहरूले शुक्रबार सामूहिक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । अब आफूहरू स्वतन्त्र भएर बस्ने उनीहरूको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *