पोखराका मेयर आचार्यलाई आयोगले सोध्यो स्पष्टीकरण

पोखरा । पोखरा महानगरका मेयर धनराज आचार्यलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

उनले विजयी र्‍यालीपछि आयोजित कार्यक्रममा आयोग र प्रमुख आयुक्तप्रति आक्रोश पोखेर भाषण गरेका थिए । उक्त भाषण सञ्चार माध्यममा आएपछि त्यसकै आधारमा आचार्यलाई आयोगले स्पष्टीकरण सोधेको हो ।

उनले आयोगकै बदनियतका कारण धेरै मत बदर भएको र प्रमुख निर्वाचन आयुक्त संवैधानिक निकायको मर्यादामा नबसेको उनको आरोप थियो । आरोपप्रति आयोगले ध्यानाकर्षण भएको भन्दै स्पष्टीकरण सोधेको आयोगका कानुन अधिकृत मोहनराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *