कुटिमै पुगेर केएमसीले गर्‍यो जोगीको निःशुल्क उपचार

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेज (केएमसी)को टोलीले सिकिस्त बिरामी परेको जोगीको उपचार गरेको छ । शुक्रबार गृहेश्वरी नजिक रहेको कुटिमै पुगेर केएमसीको डाक्टरहरूको टोलीले ७२ वर्षीय कृष्ण स्वामीको निःशुल्क उपचार गरेको हो ।

३० वर्षदेखि नेपालमा रहेका स्वामी बिरामी परेको जानकारी पाएपछि केएमसीका कार्यकारी अध्यक्ष डा. सुनिल शर्मासहित डाक्टरहरूको टोली कुटीमा पुगेको थियो । त्यहाँ सामान्य उपचार गरी उनलाई अस्पतालमा ल्याएर निःशुल्क उपचार गरिएको केएमसीका जनरल म्यानेजर नारायण दाहालले बताए ।

विराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालक डा. शर्माको प्रवेश गरेसँगै केएमसीको स्वास्थ्य सेवामा उल्लेखनीय सुधार आएको छ । केएमसीका कार्यकारी अध्यक्षसमेत रहेका उनले नेपालमै सर्वसुलभ शुल्कमा अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य सेवा प्रदान गर्न लागि परेको बताउँदै निकट भविष्यमै सुपरस्पेशियालिटी सेवाहरू थप गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *