जुम्लाको चन्दननाथ नगरपालिकामा सोलार प्लान्टबाट विद्युत्

काठमाडौँ । जुम्लाको चन्दननाथ नगरपालिका–३ स्थित खोपेचौर र घुघुत्ती विद्युत गृहको चौरबाट सौर्यप्लान्टबाट विद्युत उत्पादन हुने भएको छ।

जिल्लाको बिजुली आपूर्ति व्यवस्थापनका लागि एक हजार ५०० किलोवाट सोलार प्लान्ट राखिने भएको छ। सोलार प्लान्ट राख्नका लागि स्थानको छनोटसमेत गरिसकिएको छ। चन्दननाथ नगरपालिका–३ स्थित खोपचौर र घुघुत्ती विद्युतगृह नजिकको चौरमा सौर्य प्लान्ट राख्न लागिएको हो। नेपाल विद्युत प्राधिकरणको लगानीमा सो प्लान्ट राख्नका लागि खोपेचौर र विद्युतगृह नजिक चौर छनोट गरी पठाएको विद्युत् वितरण केन्द्र जुम्लाका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।

जिल्लामा राष्ट्रिय प्रसारण लाइनसँग जोडिए पनि नियमित बिजुली आपूर्ति हुन सकेको छैन। दैलेख, कालिकोट हुँदै जुम्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइनमा जोडिएको छ। अझै पनि जुम्लाका सबै स्थानीय तहमा राष्ट्रिय विद्युत् प्रसारण लाइन पुग्न सकेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *