महन्थको चेतावनी- पुनः आन्दोलन हुनसक्छ, हामी सबै मर्नै आएका हौँ

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का संसदीय दलका नेता महन्थ ठाकुरले पुनः आन्दोलन हुने चेतावनी दिएका छन् । पहिले पनि ६ महिनासम्म आफूहरूले आन्दोलन गरेको स्मरण गराउँदै उनले भनेका छन् ‘पुनः आन्दोलन गर्छौँ, हुनसक्छ । मधेशमा हामीले आफ्नो अधिकार खोजेका हौँ । अरु केही खोजेका होइनौँ ।’

उनले केन्द्रीय सत्ताले मधेशलाई जहिले पनि हेयको दृषि्टले हेरिएको बताए । सुध्रिँदै जानुपर्नेमा मधेशीहरूको अधिकार झनै खोसिँदै गएको उल्लेख गर्दै उनले थपेका छन् ‘यसलाई ध्यानमा राख्नुस् । योभन्दा बढी म के भनुँ । हामीलाई एक एक कुरा थाहा छ । यहाँ सबैले बराबर अधिकार पाउनुपर्छ ।’

रेशम चौधरीजस्तो नेताहरूलाई जेलमा राख्नु राज्यसत्ताको झेली भएको उनको भनाइ थियो । उनले भने मान्छे मार्नेहरूचाहिँ बाहिरै छन् । ‘गल्ती नगर्नेहरू भने जेलमा बस्नुपरेको छ । यो सह्य भएको छैन हामीलाई,’ नको भनाइ थियो ।

उनले बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा भाग लिँदै नीति तथा कार्यक्रममा धेरै कुराहरू सुधार्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *