थप २१ जनामा कोरोना संक्रमण

काठमाडाैँ । नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार २५ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ६ सय ३ एन्टीजेन परिक्षणका क्रममा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बिहिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १३ संक्रमित निको हुदा हालसम्म नेपालमा ९ लाख ६७ हजार २४ जना निको भएका छन् ।

हाल नेपालमा १ सय २९ सक्रिय संक्रमित आईशोलेसनमा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 12 =