दैलेख आठबीसकी निर्वतमान उपप्रमुखको सम्पत्ति: १५ तोला सुन, २५ तोला चाँदी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाकी निवर्तमान उपप्रमुख दीपा बोहोराले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। पाँच वर्षे कार्यकाल सकाएर बिदा हुँदै गर्दा उनले आफ्नो सम्पत्ति विवरण पनि सार्वजनिक गरेकी हुन्।

उपप्रमुख बोहोराले दुई ठाउँमा गरी १४ लाखको घडेरी, तीन लाख ८ हजार ६३५ रुपैयाँ मौज्दात र १५ तोला सुन रहेको उल्लेख गरेकी छन्। बाँके जिल्लामा झण्डै ८ लाख पर्ने ५०६.९६ क्षेत्रफलमा पर्ने जग्गा रहेको विवरणमा उल्लेख गरेकी छन् ।

यस्तै, दैलेख जिल्लाको सदरमुकाममा ६ लाख पर्ने अर्को ००१४० क्षेत्रफलमा घडेरी रहेको र दुई वटै घडेरी उनले नोकरी (जागिर)गरेर नै खरिद गरेको विवरणमा उल्लेख छ। बाहोराले दुई वटा बैंक गरि ३ लाख ८ हजार ६३५ रकम मौज्दात रहेको छ। बोहोराकै नामको नेपाल इन्भेष्टेमेण्ट बैंकमा जनप्रतिनिधिबाट प्राप्त गरेको जम्मा ५७ हजार ९७१ रकम मौज्दात र कृषि विकास बैंकमा दुई लाख ५० हजार ६६४ रुपैयाँ मौज्दात रहेको छ। यो रकम सेवा सुविधाबाट जम्मा गरिएको उल्लेख गरेकी छन्।

यस्तै, बोहोराको चल सम्पत्तिमा १५ तोला सुन र २५ तोला चाँदी रहेको छ । उक्त सम्पत्ति केही माईतिबाट, केही पैत्रिक श्रोत र केही खरिद गरेको बताएकी छन्। उपप्रमुख बोहोराले सार्वजनिक गरेको विवरण अनुसार उनले आफ्नो नाममा रहेको सम्पत्ति विवरण मात्र सार्वजनिक गरेकी छन्।

पत्र एवं विवरण:
No description available.No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *