सभामुख र उपसभामुख फर्किएसँगै गण्डकी प्रदेशकाे संसद बैठक शुरू

पाेखरा । गण्डकी प्रदेशकाे संसद बैठक १ बजेका लागि तय गरिएकाे भएपनि झन्डै ३ बजिसक्दा मात्र शुरू भएको हो ।

आज बिहीबार बजेटका सिद्दान्त र प्राथमिकता पेश हुने कार्यसूचीसहित गण्डकी प्रदेशकाे संसद बैठक आह्वान गरिएको थियो । तर, सभामुख र उपसभामुख संसदै छाेडेर अर्कै कार्यक्रममा सहभागी भएपछि बैठक शुरू हुन  ढिलो भएको हो ।

सभामुख र उपसभामुख दुवै पाेखरा महानगरकाे सपथ ग्रहण कार्यक्रममा सहभागिता जनाउन पुगेका हुन् । सभामुख र उपसभामुखसहित मुख्यमन्त्री पनि साेही कार्यक्रममा सहभागी भएर संसद फर्किएका हुन् । उनीहरू फर्किएसँगै यतिबेला बैठक जारी छ ।

बैठकमा आज बजेटका सिद्दान्त र प्राथमिकतामा टेबुल हुने कार्यसूची छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *