पल शाहकै वकिलले सारे मुद्दाको सुनुवाइ
२०७९ जेठ १२ गते

काठमाडौँ । उच्च अदालत पोखरामा पल शाहको मुद्दामा आज बिहीबार हुने भनेको सुनुवाइ नहुने भएको छ।
उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासमा पेशी तोकिएको भएपनि शाहकै वकिलद्वारा मुद्दाको सुनुवाइ तत्कालका लागि रोक्न आग्रह भएको हो।
शाहले धरौटीमा रिहा हुन पाऊँ भन्दै दिएको रिट निवेदनमाथि आज बिहीबार हुन लागेको सुनुवाइ नहुने भएको हो। उनीमाथि एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोप छ। उनलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको थियो। तर, पछि पीडित पक्षले बलात्कार नभएको भन्दै अदालतमा बयान फेरेपछि घटनाले नयाँ मोड लिएको हो।
घटनामाथि छानबिन हुँदै गर्दा शाहले धरौटीमा रिहा हुन पाऊँ भनी निवेदन दिएका हुन्।
२०७९ जेठ १२ गते
प्रतिक्रिया
सम्बन्धित









