गरुडाको मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी

काठमाडाैँ । रौतहटको गरुडा नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयरमा कन्थमनी प्रसाद कलवार निर्वाचित भएका हुन् ।

नेकपा एसका बृज किशोर प्रसाद यादवलाई ३८ मतको मतान्तरले पराजित गर्दै कलवार मेयर पदमा विजयी भए । उनले ४ हजार ५ सय ६४ मत पाउँदा यादवले ४ हजार ५ सय २५ मत पाएका छन् ।

उपमेयरमा नेपाली कांग्रेसक विजयी भएको छ । कांग्रेसकी उम्मेदवार पुनम कुमारी चौधरीले जसपाकी विन्दु कुमारी देवीलाई २ हजार २ सय २६ मतको मतान्तरले पछि पार्दै उपमेयर पदमा विजयी भएकी हुन् ।

चौधरीले ६ हजार ७ सय ३ मत प्राप्त गर्दा देवीले ४ हजार ४ सय ७७ मत प्राप्त गरिन् । निर्वाचित चौधरी स्व. पत्रकार मनोज चौधरीका श्रीमती हुन् । कोभिड संक्रमणका कारण पत्रकार चौधरीको चार महिनाअघि मृत्यु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *