दैलेखमा बस दुर्घटना; तीनजनाकाे मृत्यु

सुर्खेत । कालीकाेटबाट सुर्खेत आउँदै गरेकाे बस दुर्घटनामा परेकाे छ।

जिल्ला प्रहरी कार्यलय दैलेखका अनुसार बस बुधबार साँझ करिब ८:४५ बजेकाे समयमा दैलेखको आठबीस नगरपालिका–२ सिस्ने नजिक म १ ख ६६० नम्बरको बस दुर्घटनामा परेको हो। दुर्घटनामा तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भूवनेश्वर शाहले जानकारी दिए। डिएसपी शाहका अनुसार मृत्यु हुनेमा दुल्लु नगरपालिका–९ का कासिराम पाण्डे र धिरेन्द्र सुनार रहेका छन् भने अर्का एकको पहिचान खुल्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बसमा सवार करिब ५६ जना यात्रु रहेको अनुमान गरिएको छ। तीमध्ये गम्भीर घाइते ८ जना रहेका छन्। गम्भीर घाइते र अन्य घाइतेहरुलाई सस्शत्र प्रहरीको गाडीमा उपचारको लागि सुर्खेत तर्फ पठाईएको प्रहरीको भनाई रहेको छ। बस सडकबाट करिब ५० मिटर तल कर्णाली नदीको छेउमा खसेको छ भने दुर्घटनाको कुनै कारण खुल्न सकेको छैन।

हाल घटना स्थलमा नेपाल प्रहरी, सस्शत्र प्रहरी बल सँगै आठबीसका मेयर तर्कबहादुर बडुवालको टोली पुगेर उद्दार गरेर घाइतेहरुलाई सुर्खेत प्रदेश अस्पतालमा पठाउने प्रयास गरिरहेको छ।  दुर्घटनामा परेकाे हाे। कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठबीस नगरपालिका-२ मा बस दुर्घटनामा पर्दा बसमा सवार तीनजनाकाे मृत्यु भएको अनुमान गरिएको छ।

दैलेखका डिएसपी भुवनेश्वर शाहका अनुसार रातिकाे समय भएकोले उद्दार गर्न समस्या भएकाे र प्रहरी तथा स्थानीयले उद्दार गरिएको जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *