सुर्खेत बहुमुखी क्याम्पसले शुल्क बढाएको भन्दै लेखा शाखामा तालाबन्दी

सुर्खेत । विद्यार्थीको ढाँड सेक्ने गरी सुर्खेत बहुमुखी क्याम्पसले शुल्क बढाएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको त्रिभूवन विश्व विद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी कयाम्पसले विद्यार्थीको ढाँड सेक्ने गरी शुल्क बढाएको हो ।

क्याम्पसले शुल्क बढाएसँगै विद्यार्थीले विरोध जनाएका छन् । क्याम्पसले यही जेठ ५ गतेदेखि लागु हुने गरी चर्को शुल्क बढाएपछि विभिन्न विद्यार्थी संगठनले २४ घण्टा अल्टिमेटम दिएका थिए । मंगलबार विद्यार्थीले दिएको २४ घण्टे अल्टिमेटमको सुनुवाई नभएपछि विद्यार्थीहरूले बुधबार क्याम्पसको लेखा शाखाका तालाबन्दी गरेका छन् ।

मंगलबार चार वटा विद्यार्थी संगठन अनेरास्ववियु, नेवि संघ, अखिल क्रान्तिकारी र नेपाल क्रान्तिकारी विद्यार्थी संघले संयुक्त रुपमा क्याम्पसलाई त्रिभूवन विश्व विद्यालयको विपरित ५० प्रतिशत शुल्क एकैचोटी बढाएर निजी शैक्षिक संस्थाको जस्तो अनियन्त्रित रुपमा निर्णय गरेको भन्दै २४ घण्टे अल्टिमेटम दिएका थिए। उक्त अल्टिमेटम दिएको २४ घण्टा वितिसक्दा पनि क्याम्पसले सुनुवाई नगरेको भन्दै संयुक्त विद्यार्थीले तलाबन्दी गरेका हुन् ।

विद्यार्थीहरूले क्याम्सले तत्काल उक्त निर्णय नसच्चाएपछि थप विरोध संघर्षका कार्यक्रम गर्ने चेतावनी समेत दिएका छन् । अनेरास्ववियुका विद्यार्थी नेता भवानी ढकालले क्याम्पसले विद्यार्थी माथी गरेको चर्को शुल्क वृद्धिका लागि मंगलबार क्याक्पसलाई ध्यानआर्कषण गराए पनि कुनै सुनुवाई नगरेपछि आज लेखा शाखामा तालाबन्दी गरेको जानकारी दिए ।

उनले भने, ‘यस नियम विपरित शुल्क बढाएको प्रति हाम्रो विरोध जारी नै छ । साझ सम्म क्याम्पसले शुल्क सम्बन्धि कुनै एक्सन लिएन भने थप आन्दोलन कार्यक्रम अगाडी बढ्ने छन्, आज लेखा शखामा तालाबन्दी मात्रै गरेका हौँ । भोली बिहान ११ बजे क्याम्पसको प्रशासनमा तालाबन्दी गर्ने हाम्रो योजना रहेको छ ।

यता क्याम्पस प्रमुख माधवप्रसाद खनालले यो शुल्क वृद्धि नियम विपरित नभई नियम अनुसार नै वृद्धि गरेको बताए । उनले भने, ‘क्याम्पसमा सबै बसेर शुल्क बढाउँने निर्णय गरेर शुल्क बढाएका हौँ, धेरै शुल्क बढेको छैन्, सानो मात्रामा मात्रै बढेको हो ।’

प्रमुख खनालले आन्तरिक स्रोतको कमी भएकोले लामो समयदेखि शुल्कमा वृद्धि पनि नगरिएको भन्दै क्याम्पसमा पढाई हुने विए।ड तर्फका कोर्षहरू सरकारी र अन्य कोर्षहरू निजी तर्फका कार्यक्रम भएकाले हाल सानो रकमको शुल्क मात्रै बढाएको दाबी गरे । खनालले भने, ‘उहाँहरूले दिएको अल्टिमेटमा शुल्क घटाउनु पर्ने भन्ने छ, त्यो शुल्क घटाएपछि कार्यक्रमनै चल्दैन्, यो कुरा हाम्रा विद्यार्थीहरूले आफै बुझ्नु हुनेछ भन्नेमा म विश्वस्त छु । यस्तै नियममै प्रत्येक वर्ष शुल्क वृद्धि गर्ने भन्ने पनि छ । तर, हामीले ७र८ वर्षसम्म शुल्क बढाएका थिएनौं ।’

साथै प्रमुख खनााले नयाँ कार्यक्रम थपेर क्याम्पसलाई सुधार गर्दै अगाडी बढाउनका लागि संङ्घीय सरकार र कर्णाली प्रदेश सरकार सँग सहयोग माग्द कुनै सहयोग उपलब्ध नभएपछि विद्यार्थीहरूको शुल्क बढाएर नयाँ कार्यक्रम पनि थप्ने र क्याम्पसलाई सुधार गर्दै अगाडी बढ्ने तयारी थालिएको बताए ।

प्रतिक्रिया

One thought on “सुर्खेत बहुमुखी क्याम्पसले शुल्क बढाएको भन्दै लेखा शाखामा तालाबन्दी

  1. अझै आन्दोलन गर्नु पर्छ सरकारले हेरेन भन्दैमा अनावश्यक शुल्क बढाउने 😡😡😡

Leave a Reply

Your email address will not be published. Required fields are marked *