दाङको तुलसीपुर उपमहानगरमा एमाले विजयी

काठमाडौँ । दाङको तुलसीपुर उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख दुवै पदमा नेकपा एमाले विजयी भएको छ।

दाङको तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले दुवै मेयर र उपमेयर पद जितेको हो । उपमहानगरको मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । मेयरमा खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन् । खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाएका छन् ।

उपमेयरमा चौधरीले ३०५९७ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१०६५ मत पाएका छन्।

अघिल्लो  निर्वाचनमा पनि तुलसीपुरमा एमाले नै विजयी भएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *