कटारी नगरपालिकाको मेयरमा कांग्रेसका श्रेष्ठ निर्वाचित

काठमाडौँ । उदयपुरको कटारी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बराललाई ४ सय ६५ मतान्तरले पराजित गर्दै कांग्रेसका राजेशचन्द्र श्रेष्ठ मेयरमा निर्वाचित भएका हुन् ।

२५ हजार ७ सय ५४ मत खसेकोमा श्रेष्ठले ६ हजार ४ सय १७ मत ल्याए भने बरालले ५ हजार ९ सय ५२ मत पाएका छन् ।

उपमेयरमा भने एमालेकी गीत खड्का निर्वाचित भएकी छन् । खड्काले गठबन्धनबाट उठेका माओवादी केन्द्रका विनोद कटुवाललाई २ हजार ५ सय ९२ मत अन्तर पराजित गरिन् । खड्काले ६ हजार ४ सय १३ मत प्राप्त गरिन् भने कटुवालले ३ हजार ८ सय २१ मात्र मत प्राप्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *