टेक्सस हमलामा १९ विद्यार्थी र २ वयस्क मारिए

काठमाडौं । अमेरिकाको एक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा २१ जना मारिएका छन् । टेक्सस राज्यस्थित एउटा प्राथमिक विद्यालयमा भएको आक्रमणमा परी १९ जना विद्यार्थी, एक शिक्षक र आक्रमणकारीको पनि मारिएका हुन् ।

राज्यका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताएका छन् । अठार वर्षका आक्रमणकारीको पनि मृत्यु भएको बताइएको छ । कानुन पालना गराउने अधिकारीहरूले उनलाई मारिदिएको हुनसक्ने विश्वास गरिएको छ ।

रब एलिमेन्ट्री स्कूलमा पुग्नुअघि ती बन्दुकधारीले आफ्नी हजुरआमालाई गोली हानी हत्या गरेका विवरण सार्वजनिक भएको पनि याबटले जानकारी दिए । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झन्डा आधा झुकाउन निर्देशन दिएका छन् । उक्त विद्यालयमा झन्डै ५०० बालबालिका भर्ना भएको बताइएको छ । बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *