मनास्लु पदमार्गमा सुख्खा पहिरो, बाटो बन्द

पोखरा । गोरखाको मनास्लु पदमार्गमा सुख्खा पहिरो खसेको छ । सुख्खा पहिरोका कारण सडक बगेको छ भने आवतजावत बन्द भएको छ ।

धार्चे गाउँपालिकाको ३ नम्बर वडामा पर्ने खोर्ला र तातोपानी सडकखण्डमा पहिरो खसेको हो । बाटो अवरुद्ध हुँदा धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिकाका बासिन्दा र पर्यटकलाई सास्ती भएको छ ।

अवरुद्ध बाटो खुलाइदिन धार्चेका अध्यक्ष लक्ष्मण गुरुङले नेपाली सेनासँग आग्रह गरेका छन् । यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *