तनहुँमा कांग्रेस केन्द्रीय सदस्यसहित ५ जनालाई कारबाहीको सिफारिस
मकालु खबर
२०७९ जेठ ११ गते
पोखरा । कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य ध्रुव वाग्लेसहित ५ जना नेताहरूलाई कारबाहीको लागि तनहुँको ब्यास नगरमा उजुरी परेको छ । स्थानीय निर्वाचनका क्रममा असहयोग गरेको र पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा उनीहरूलाई कारबाही सिफारिस गरिएको हो ।
सिफारिसमा महाधिवेशन प्रतिनिधि मोहनकुमार श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि गंगबहादुर राना, प्रदेश प्रतिनिधि सुलोचना गौतम र क्षेत्रीय प्रतिनिधि भीमकुमार श्रेष्ठको नाम छ ।
उनीहरुले कांग्रेसको तर्फबाट मेयर र उपमेयरसहित वडा नम्बर ५ का आधिकारिक उम्मेदवारलाई संगठन विपरीत क्रियाकलाप गरेर पराजय गराउने भूमिका खेलेको आरोपमा विधान अनुसार साधारण सदस्यता समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरेको वडा कार्यसमितिले जनाएको छ ।
मकालु खबर
२०७९ जेठ ११ गते
प्रतिक्रिया
सम्बन्धित