पोखरा महानगरको १५ औँ मेयर बने आचार्य

पोखरा । पोखरा महानगरपालिकाको १५ औँ मेयरको रूपमा धनराज आचार्य विजयी भएका छन् । राति सकिएको मतगणना अनुसार आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई पराजित गरेर १५ औँ मेयरको रूपमा विजयी भएका हुन् ।

आचार्यले ५८ हजार ६६९ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिस्पर्धी थापाले ५२ हजार ८१८ मत ल्याए । राप्रपाका मेयर उम्मेदवार शंकर खरालले ५ हजार ६५७ मत र स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ९५१ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी मन्जुदेवी गुरुङ विजयी भएकी छिन् । गठबन्धन उम्मेदवार कोपिला रानाभाटलाई पराजित गरेर उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएकी हुन् । गुरुङले ६० हजार ३७२ मत ल्याएर विजयी हुँदा रानाभाटले ५७ हजार ५८ मत पाएकी छिन् । राप्रपाकी रञ्जना सेनले ५ हजार ६८३ मत पाइन् ।

यसैबीच विजयी भएका आचार्यलाई प्रतिस्पर्धी थापाले बधाई दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *