स्याटलाईट र सेक्युरिटी प्रिन्टिङ प्रेस परियोजना अघि बढाउने सरकारकाे घाेषणा

काठमाडाैँ । सरकारले फेरि आफ्नै भू-उपग्रह [स्याटलाईट] र अत्याधुनिक सेक्युरिटी प्रिन्टिङ प्रेस स्थापनाको घोषणा गरेको छ । यसअघिको एमाले नेतृत्वको सरकारले अघि बढाउँदा अनियमितातको विवादमा फसेका दुवै परियोजना अघि बढाउने घोषणा सरकारले गरेकाे हाे । सरकारले यसलाई आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रममा अटाएकाे छ ।

नेपााल दूरसञ्चार प्राधिकरणले यसअघि अगाडि बढाइएका सबै प्रक्रिया रद्द गरेर स्याटलाईट परियोजना ‘फ्रिज’ गरेर राखेको छ । सरकारले सन् २०२२ भित्र आफ्नै स्याटलाईट सञ्चालमा ल्याउने भन्दै २०७६ को असारमा भू-उपग्रहसम्बन्धी नीति सार्वजनिक गरिएको थियो । सरकारले एक फ्रान्सेली कम्पनीलाई दिने तयारी भएपनि अनियमितताको आरोप लागेपछि आयोजना अन्योलमा परेको थियो ।

यस्तै सेक्युरिट प्रिन्टिङ प्रेस राख्ने प्रक्रिया अघि बढ्दै गर्दा एक विदेशी कम्पनीका एजेन्टसँग तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले कमिसन बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो । त्यसपछि ठूलो प्रिन्टिङ प्रेस राख्न एक फ्रान्सेली कम्पनीसँग अघि बढेको प्रक्रिया रद्द भएको थियाे ।

‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स’ ब्यूरो गठन हुने

सरकारले पहिलो पटक अन्तर्राष्ट्रिय व्यापार सूचनाका लागि विज्ञसम्मिलित ‘मार्केट एन्ड ट्रेड इन्टेलीजेन्स’ ब्यूरो गठन गर्ने घाेषणा गरेकाे छ ।

सरकारकाे नीति तथा कार्यक्रमअनुसार उल्लेख भएअनुसार अन्तर्राष्ट्रिय व्यापारको सूचना संकलन, त्यसैअनुसारको सरकारी नीति निर्माण लगायतमा सरकारलाई सघाउने गरी यस्तो ब्यूरो गठन गर्न लागिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *