सुर्खेतको चिङ्गाड–३ नम्बर वडाले निःशुल्क एम्बुलेन्स सेवा दिने

सुर्खेत । सुर्खेतको चिङ्गाड गाउँपालिका–३ नम्बर वडाले वडा भित्रका सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा दिने भएको छ ।

वडा अध्यक्ष वीरबहादुर जिसीले मंगलबार पदभार गरेसँगै पहिलो निर्णय गर्दै सुत्केरी महिलाहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने बतएका हुन् ।

वडा अध्यक्ष जिसीले विकास निर्माणमा चिङ्गाड गाउँपालिका–३ लाई नमूना वडाको रूपमा चिनाउने, राजनीतिक मतभेद नराखी सम्पूर्ण वडावासीलाई समेटिने खालको कार्य सञ्चालनमा प्रतिबद्ध रहेर अघि बढ्ने जस्ता निर्णय गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *