पाेखराकाे मतगणना स्थगित

पाेखरा । पाेखरा महानगरपालिकाकाे मतगणना स्थगित भएकाे छ । एमालेले प्रतिनिधि नपठाएपछि गणना रोकिएको हो ।

पोखराका दुई वडामा पुनःमतगणनाको माग गर्दै एमालेले प्रतिनिधि नपठाएकाे हाे ।

पोखराका दुई वडामा मुचूल्कामा उल्लेख भएको भन्दा मतपेटिकामा भएको मतपत्र कम भएको भन्दै एमालेले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन बुझाएको थियो । वडा १८ र ३१ को पुनः मतगणना गर्नुपर्ने माग गर्दै एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्माले निवेदन दिएका हुन् ।

वडा नम्बर १८ मा ९ मत हराएकाे एमालेकाे दाबी छ । साे वडामा एमाले ३ मतले पराजित भएकाे छ ।  मतगणना अन्तिम चरणमा पुगेपछि एमाले प्रतिनिधि पार्टी निर्देशनमा बाहिरिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *