मेयर जित्ने पक्का भएपछि आचार्यले संघ सरकारलाई बुझाए योजना

पोखरा । मतगणना चल्दै गर्दा पोखरामा मेयरका उम्मेदवार धनराज आचार्यले काठमाडौँ पुगेर संघ सरकारसँग बजेट माग गरेका छन् ।

उनले पोखरामा ल्याण्डफिल साइट निर्माणका लागि आवश्यक बजेट मागेर फर्किएका हुन् । चुनाव जित्ने पक्का भएपछि आचार्य शनिबार काठमाडौं गएर सोमबार फर्किएका थिए ।

पोखराको सबैभन्दा चुनौती ल्याण्डफिल साइट बनेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनका लागि ल्याण्डफिल हटाउनुपर्ने पहिलो शर्त छ । तर त्यसका लागि चाहिने बजेट पोखरासँग नभएपछि संघ सरकारसँग अपिल गरेको आचार्यले बताए । यस्तै, पोखरालाई पर्यटनको राजधानी घोषणाको माग समेत गरेका छन् । नीति तथा कार्यक्रममा यो कार्यक्रमलाई समेट्न उनले माग गरेको बताए ।

‘चुनाव मैले जित्ने पक्का थियो । त्यसैले पोखराका लागि तत्काल समेट्नुपर्ने योजना टिपाएर आएको छु,’ उनले भने, ‘यही बजेटमा समेटिएन भने १ वर्ष ढिलो हुन्छ । म ढिलो हुन चाहान्नँ ।’ आचार्यले अर्थमन्त्री जनार्दन शर्मा सहित केन्द्रीय स्तरका नेता र मन्त्रीहरूलाई भेटेर फर्किएका हुन् ।

प्रतिक्रिया

One thought on “मेयर जित्ने पक्का भएपछि आचार्यले संघ सरकारलाई बुझाए योजना

  1. सहि समयको प्रयोग गर्नु भयकोमा बधाई पो म न पा मेयर ज्यु ! हरेक समयको यसरी नै सदुपयोग गर्नुहुन का साथै सफल कार्यकालको शु-भ कामना !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *