तुलसीपुर उपमहानगरमा एमालेको अग्रता

काठमाडौँ । दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ।

प्रमुख पदमा एमालेका टिकाराम खड्का एक हजार ६५० मतले अगाडि छन्। उनले हालसम्म २४ हजार ८९१ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २३ हजार २०६ मत प्राप्त गरेका छन्। उपप्रमुखमा पनि एमालेको अग्रता कायम छ। एमालेका तर्फबाट उपमेयरका उम्मेदवार स्यानी चौधरीले २४ हजार ५७२ मत प्राप्त गरेर अग्रस्थान रहेका छन् भने एकीकृत समाजवादीका जोगबहादुर रानाले १७ हजार ३३३ मत प्राप्त गरेका छन्। उनीहरूबीच सातहजार २३९ को मतान्तर रहेको छ।

तुलसीपुरमा १३ वटा वडाको मतपरिणाम सार्वजनिक भइसकेकामा अहिले वडा नं १२ मा माओवादी केन्द्रका खुसीराम चौधरी विजयी भएको घोषणा गर्न भने बाँकी नै छ। यसअघिको स्थानीय तह निर्वाचनमा एमालेले विजयी हासिल गरेको थियो।

उपमहानगरमा एक लाख एक हजार ४६० मतदाता रहेकामा ७४ हजार ३३६ जनाले मतदान गरेका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *