वीरगन्जको मेयरमा सिंह र उपमेयरमा आलम विजयी

काठमाडौँ । पर्साको वीरगञ्ज महानगरको मेयर र उपमेयर पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बने । उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बिजयकुमार सरावगीले २३ हजार ६७१ मत प्राप्त गरे ।

आफ्ना निकटतम प्रतिद्वन्द्वी वीरगञ्जका निवर्तमान नगरप्रमुख सरावगीलाई २२ हजार ५४४ मतान्तरले पराजित गर्दै सिंह मधेश प्रदेशको एकमात्र महानगरपालिकाको मेयरमा निर्वाचित भएका हुन् ।

यसैगरी उपमेयरमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस इम्तियाज आलम कूल २५ हजार १५८ मतसहित विजयी भए भने उनका निकटतम् प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले ६ हजार ७१९ मत प्राप्त गरे ।

महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच एक समूह बनाएर सिंहलाई उम्मेदवार बनाइएको थियो भने एमाले र लोसपाले समूह बनाएर सरावगीलाई उम्मेदवार बनाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *