वडाध्यक्ष कार्कीकाे जनपक्षीय निर्णय- नि:शुल्क शिक्षालाई पूर्णरूपमा लागू, साप्ताहिक स्वास्थ्य सेवा प्रदान

साेलुखुम्बु । जिल्लाकाे थुलुङ दुधकाेशी गाउँपालिका ७ का वडाध्यक्ष भाेजराज कार्कीले साेमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणसँगै उनले केही लाेकप्रिय निर्णयहरू गरेका छन् । उनकै अध्यक्षतामा बसेकाे वडाकाे पहिलाे बैठकले नि:शुल्क शिक्षालाई पूर्णरूपमा लागू गर्ने निर्णय गरेकाे छ । यस्तै वडावासीलाई साप्ताहिक स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय गरेकाे वडाध्यक्ष कार्कीले जानकारी दिएका छन् । यी निर्णयहरू तत्कालै कार्यान्वयनमा जाने पनि उनकाले बताएका छन् ।

वडाध्यक्ष कार्कीले महिनाकाे एकदिन प्रशासनिक सेवा उपलब्ध गराउने बताएका छन् भने टोल-टोलमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने निर्णय गराएका छन् । उनले भनेका छन्, ‘नागरिकमैत्री सेवामा आधारित कार्य प्रमुख प्राथमिकता हाे । यसलाई हामी दह्राेखह्राेका साथ गर्नेछाैँ ।’

उनले वडामा शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, सामाजिक संस्थालगायतका विषयहरूलाई छलफलकाे विषय बनाएर अघि बढ्ने प्रणसमेत गरेका छन् । वडाध्यक्ष कार्कीले उत्पादनलाई मुख्य जाेड दिने र वडामै राेजगारीकाे सिर्जना गर्ने बताएका छन् ।

माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष कार्की पूर्व पत्रकारसमेत हुन् । गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा उनी भारी मतान्तरका साथ विजयी भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *