पोखराको मेयरमा धनराज र उपमेयरमा मञ्जुदेवी जित नजिक

काठमाडाैँ । पोखरा महानगरको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य जित नजिक पुगेका छन् । अहिले सम्मको मत परिणाम अनुसार आचार्यले ४ हजार ९३६ मतको अग्रता लिएका छन् ।

पोखरामा कुल खसेको मत १ लाख ४३ हजार २२६ मध्ये हालसम्म १ लाख ३० हजार ७२७ मतगणना सकिएको छ । अब महानगरका करिब ८ हजार मत गन्न बाँकी छ ।

पछिल्लो मत परिणाम अनुसार आचार्यले ५४ हजार ३३७ मत पाएका छन् भने एमालेका मेयर उम्मेदवार कृष्ण थापाले हालसम्म ४९ हजार ६०१ मत पाए ।

उपमेयरमा नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरूङ पनि जित्ने पक्का देखिन्छ । हालसम्मको गणना अनुसार उनले ५६ हजार ७४१ मत पाएकी छिन् भने कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले ५२ हजार ६७० मत पाएकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *