काठमाडौँको फोहोर उठाउन मन्त्री झाँक्रीको सक्रियता (तस्बिरहरू)

काठमाडौँ । काठमाडौँ साता दिनदेखि थुप्रिएको फोहोर उठाउन थालिएको छ । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको सक्रियतामा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो ।

मन्त्री आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन दिएकी छन् । उनी सोमबार राती काठमाडौँको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेकी हुन् । त्यहाँका स्थानीयसँग पनि उनले फोहोर व्यवस्थित स्थानमा राख्न भनेकी थिइन् ।

यहाँबाट रातीनै फोहोर बन्चरेडाँडा लगेर व्यवस्थापन गरिनेछ । काठमाडौँका सबैजसो स्थानमाबाट फोहोर बोकेका गाडीहरू धमाधम बन्चरेडाँडातर्फ गएका छन् ।

गृह मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौँ महानगरका प्रतिनिधिहरूको संयुक्त बैठकले फोहोर उठाउनेबारे सहमति गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *